तस्बिरमा हाम्रो गतिबिधि

हाम्रो बारेमा

राज्यको भविष्य निर्माणसँग जोडिएर रहेको युवाहरु समाजको महत्वपूर्ण भूमिकामा रहने भएकोले विज्ञान र प्रविधिको विकासले फडको मारेको संसारको आजको स्थितीमा समाजको युवाहरुमा रहेको अन्तरनिहित चेतनाको माध्यमबाट समाज रुपान्तरणको महत्वपूर्ण भूमिकालाई ख्याल गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम्‌ बहु सांस्कृतिक देश नेपालका हामी युवाहरुको हकहित तथा अधिकारको संरक्षण र संवद्र्धन गर्दै नेपालका सम्पूर्ण भाषा, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन, विकासको निमित्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा युवाहरुबीचको भावनात्मक एकता र पारसुपारिक सदभाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण साझेदारीता र समझदारी कायम राखी शिक्षा, रोजगारी, खेलकुद, सिप विकास, क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने महान उद्देश्यका साथ चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नं. १६ मा स्थानिय जनप्रतिनिधि, बुद्धिजिवि, यूवा, महिला, ब्यवसायी तथा नागरिक समाज समेतको सहमति छलफलबाट एक सामाजिक संस्था गठन गर्ने निर्णय गरे अनुरुप २०७७ सालमा “भद्रकाली युवा क्लब” को गठन गरिएको हो । भद्रकाली युवा क्लब गैह्र नाफामुलक सामाजिक संस्था हो । जिल्ला प्रशासन कार्यालय चितवनमा 'संस्था दर्ता एन २०३४' अनुसार यो संस्था दर्ता गरिएको छ । 

गतिबिधि

मानविय सेवाको कार्यमा भद्रकाली युवा क्लबको अर्को कदम, बृहत रक्तदान कार्यक्रम २०७९

चितवनको रत्ननगरमा रहेको भद्रकाली युवा क्लबले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आईतबार (असार ५ ) सम्पन्न भएको छ । चितवनका अस्पतालहरुमा देखिएको चरम रक्तअभावलाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रत्ननगर १६ को भद्रकाली मन्दिर परिसरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान...

भद्रकाली युवा क्लबको प्रथम साधारणसभा तथा अधिवेसन सम्पन्न

चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली युवा क्लबको प्रथम साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । रत्ननगर १६ कै भद्रकाली मन्दिर परिसरमा क्लबका अध्यक्ष निराजन घिमिरेको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले ब्यानर पढेर उद्घाटन गर्नुभएको...